नेपाल खेलकुद महासंघको एक साथ तिन अभियान : साताव्यापी प्रशिक्षण अभियान चौथो दिनमा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ६।

नेपाल खेलकुद महासंघको साताव्यापी प्रशिक्षण अभियान चौथो दिन सम्पन्न भएको छ। महासंघको खेलकुद र खेल नीति :पार्टी र राजनीति विषयमा सात दिन सम्म चल्ने जुम प्रविधि मार्फत संचालन भैरहेको सो प्रशिक्षणमा विभिन्न राजनीतिक र खेलकुदका विषयहरुलाई समेटिएको छ।

एक साथ खेलकुद र खेल नीति :पार्टी र राजनीति ,कोभिड -नो भिड र संघीय ,प्रदेस र स्थानीय तहमा बजेट व्यवस्थापनका अवधारणा निर्माण अभियानलाई एक साथ संचालन गरिरहेको महासंघले सिदान्त ,गतिविधि ,नीति र राजनीतिका गहन विषयमा केन्द्रिय पदाधिकारी र सदस्यहरुलाई परिचालित हुनका लागि आग्रह  गरेको छ।

२८ औ मदन -आश्रित दिवसको अवसरमा जेष्ठ ३ गते बाट सुरू भएको उक्त प्रशिक्षणमा पहिलो दिन नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतित्यतामा प्रशिक्षण उद्घाटन गरिएको थियो भने सोहि दिन नेकपा एमाले सुदुर पश्चिम प्रदेसका अध्यक्ष कर्ण थापाले पनि संबोधन गरेका थिए।

उक्त प्रशिक्षणको दोस्रो दिनमा महासंघका प्रथम उपाध्यक्ष गोविन्द भट्टराईले खेलकुद  रास्ट्रिय अन्तरास्ट्रिय  संघ संगठनका वारेमा प्रस्तुतिकरण दिएका थिए भने महासचिव मेघराज पौडेलले नेकोसको परिचय र उदेस्यका वारेमा प्रस्ट पारेका थिए।

त्यस्तै प्रशिक्षणको तेश्रो दिन नेकपा एमालेका केन्द्रिय स्कुल विभागका सचिव ईश्वरी रिजालले मार्क्सवादको परिचय र विशेषताका वारेमा प्रशिक्षण प्रदान गरेका थिए भने डा. प्रकाश प्रधानले आधुनिक समाजका लागि खेल बिज्ञान भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए।

साताव्यापी सो प्रशिक्षणको चौथो दिनमा रिजालले लेनिनवादी संगठनात्मक सिदान्तका वारेमा बिस्तृत प्रशिक्षण प्रदान गरेका थिए भने गण्डकी प्रदेस खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले समाज रुपान्तरणका लागि खेलकुद विषयमा प्रस्तुतिकरण दिएका थिए।

प्रशिक्षणको चाम्पियन्स भोइसमा रास्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीको अनुभव : 

नेपाल खेलकुद महासंघले संचालन गरिरहेको प्रशिक्षणमा राजनीतिक र अन्य विषय संगै रास्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीहरुको अनुभवहरुको वारेमा पनि प्रस्तुतिकरण गर्ने गरेका छन।

आफ्नो संघर्ष ,उपलव्धि र अनुभवका वारेमा हाल सम्म सो तालिममा चर्चित  फुटवल खेलाडी हरि खड्का ,भलिवल खेलकी रास्ट्रिय कप्तान अरुणा शाही , साफमा स्वर्ण   पदक बिजेता  अनु अधिकारी ,रास्ट्रिय खेलकुदमा पदक विजेता कोमल ओली,प्यारा ग्लाइडिंग प्रशिक्षक तथा पदक बिजेता सानुबाबु गुरुङ  लगायतले  प्रस्तुति दिएका थिए।

खेलकुद र खेल नीति :पार्टी र राजनीति भन्ने उदेस्यलाई सफल बनाउनका लागि धेरै भन्दा धेरै अनुभवी खेलाडी तथा खेलकर्मीहरुलाई महासंघको अभियानमा सामेल गराउन प्रशिक्षणमा सो खण्ड राखिएको महासंघले बताएको छ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।