उपनिर्वाचनमा स्थानीय तह तर्फको मतगणना सकियो ,को अगाडी ?

उपनिर्वाचनमा स्थानीय तह तर्फको मतगणना सकियो ,को अगाडी ?

कपन अनलाइन

हेटौडा ,जेष्ठ ६।

राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा स्थानीय तह तर्फको मतगणना सकिएको छ।  स्थानीय तहका २ सय ३८ मध्ये २ सय ३३ जनाले मतदान गरेका थिए।

जसमा खिमलाल देवकोटाले १ सय २८, रामबहादुर थापा बादलले १ सय ३ र कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन्। स्थानीय तहका प्रतिनिधिको एक मत बराबर १८ मतभार रहेको छ।

अब प्रदेशसभा सदस्य तर्फको मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ३८ मत खसेको थियो ।

प्रदेश सांसद १ सय ५ र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए।

तपाइँको प्रतिक्रिया ।