नेकपा एमाले स्थायी कमिटी द्वारा मतदान नगर्ने र विरोध गर्नेहरुको भर्त्सना

नेकपा एमाले स्थायी कमिटी द्वारा मतदान नगर्ने र विरोध गर्नेहरुको भर्त्सना

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ६।

नेकपा (एमाले)को स्थायी कमिटी बैठकले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीका उमेदवारलाई मत नहालेको विषयलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीको उमेदवारलाई मतदान नगर्ने र विरोध गर्नेहरुको भर्त्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

“उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्दै कतिपय नेताहरु, जनताहरु जुन ढंगका क्रियाकलाप गर्नुभयो, त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक पार्टीका आधिकारिक उमेदवारको विरोध गर्ने, विपक्षमा मतदान गर्ने कुराको भर्त्सना गरको छ,” ज्ञवालीले भने ।

तपाइँको प्रतिक्रिया ।