कोरोना संक्रमणका कारण काठमाडौं परिसरका डीएसपी केसीको निधन

कोरोना संक्रमणका कारण काठमाडौं परिसरका डीएसपी केसीको निधन

कपन अनलाइन

काठमाडौं,जेठ ६ । कोभिड-१९ संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा आज बिहान  उनको निधन भएको हो ।

 डिएसपी केसीलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका उनलाई दुई हप्ता अगाडि संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। उनी प्रहरी संगठन भित्र इमानदार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

 

तपाइँको प्रतिक्रिया ।