हाल सम्म शंखरापुर नगरपालिकाका ४७ जनाले कोरोना संक्रमण जिते
कपन अनलाइन
काठमाडौं, जेठ ६। शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ ५ गते सम्ममा ९८ जना महिला र १२५ जना पुरुष गरि कुल २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ७४ जना महिला र ९२ जना पुरुष गरि १६६ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ। हाल सम्म नगरपालिकामा ६ जना पुरुष र ४ जना महिला गरि १० जनाको कोरोनको कारण मृत्यु भएको छ भने २० जना महिला र २७ जना महिला गरि ४७ जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।हाल सम्म ६९ जना महिला र ८१ जना पुरुष गरि कुल १५० जना होम आइसोलेसनमा रहेका छन भने ५ जना महिला र ११जना पुरुष गरि कुल १६ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।
कुन वडामा कति संक्रमित?
वडा नं १ मा ६ महिला र ११ पुरुष गरि कुल १७ जना
वडा नं २ मा ९ महिला र ११ पुरुष गरि कुल २० जना
वडा नं३ मा ९ जना महिला र १८ जना पुरुष गरि कुल २७ जना
वडा नं ४ मा १२ जना महिला र १० जना पुरुष गरि कुल २२ जना
वडा नं ५ मा ६ जना महिला र ११ जना पुरुष गरि कुल १७ जना
वडा नं ६ मा २६ जना महिला र १७ जना पुरुष गरि कुल ४३ जना
वडा नं ७ मा १४ जना महिला र १४ जना पुरुष गरि कुल २८ जना
वडा नं ८ मा ४ जना महिला र ८ जना पुरुष गरि कुल १२ जना
वडा नं ९ मा १० जना महिला र १८ जना पुरुष गरि कुल २८ जना त्यसै गरि अन्यमा २ जना महिला र ७ जना पुरुष गरि कुल ९जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ४३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन।