सामाजिक अभियन्ता प्रदिप डंगोलको संयोजनमा WHR लाइ छायाँ नेपालको खाद्यान्न सहयोग

सामाजिक अभियन्ता प्रदिप डंगोलको संयोजनमा  WHR  लाइ छायाँ नेपालको खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं जेठ ५ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ७ हात्तीगौडा मा रहेको मानव अधिकारको लागि महिला, एकल महिला  (WHR) खाद्यान्न सहयोग गरिएको छ।  सामाजिक अभियन्ता एबम गैर सरकारी संस्था महासंघ नेपाल काठमाडौं शाखाका अध्यक्ष  प्रदिप डंगोलको पहल तथा संयोजनमा छायाँ नेपाल संस्थाले आज खाद्यान्न सहयोग गरेको हो । मानव अधिकारको लागि महिला, एकल महिला  (WHR)ले छाहरी भवनमा पकाएको खानेकुरा कोभिड महामारीका बिच  अग्रमोर्चामा बिभिन्न अस्पताल तथा आइसोलेसनमा रहेर सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य कर्मचारीहरुलाई   प्रदान गर्दै आएको हो ।

हरेक विपत्तिको साथीः WHR-छहारी भन्ने मूल नाराको साथ देशका बिभिन्न स्थानमा कोभिड महामारीका विरुद्द दिनरात कार्यरत डाक्टर, नर्स, एम्बुलेन्स तथा शव वाहन ब्यवस्थापनमा अग्रपंत्तिमा खटिएका कर्मचारीहरुलाई ताजा खानेकुरा प्रदान गर्दै आएको हो।त्यसैलाई मध्य नजर गर्दै छायाँ नेपाल संस्थाले मानव अधिकारको लागि महिला, एकल महिला  (WHR) छहारी भवनलाइ  चामल २५ बोरा, आलु ५ बोरा, प्याज १ बोरा, खाने तेल २० लिटर, गाजर २० केजी  एक कार्यक्रमका बीच मानव अधिकारको लागि महिला, एकल महिला (WHR)कि संस्थापक अध्यक्ष एवं राष्ट्रिय मानवअधिकार आयाेग माननीय सदस्य  लिली थापालाई छाया नेपाल संस्थाका निर्देशक राम महर्जनले  हस्तान्तरण गरेका थिए।

 छायाँ नेपालका निर्देशक राम महर्जनले कोभिड १९  महामारीको बीचमा स्थानमासंस्थाको  सामाजिक उत्तरदायित्व अन्तरगत खाद्यान्न वितरण लगाएतको काम गर्दै आएको  बताउदै आगामी दिनमा पनि सकेको सहयोग गर्दै जाने बताएका थिए ।मानव अधिकारको लागि महिला, एकल महिला (WHR)कि अध्यक्ष लिली थापाले  छाया नेपाल संस्थाले कोभिड महामारीका बिच अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई पकाएको   खानेकुरा वितरण गर्ने  अभियानमा सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।