शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २१९ पुग्यो, ३९ जनाले संक्रमण जिते

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २१९ पुग्यो, ३९ जनाले संक्रमण जिते

कपन अनलाइन

काठमाडौं, जेठ ५। शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ ४ गते सम्ममा ९७ जना महिला र १२२ जना पुरुष गरि कुल २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ७६ जना महिला र ९४जना पुरुष गरि १७० जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ। हाल सम्म नगरपालिकामा ६ जना पुरुष र ४ जना महिला गरि १० जनाको कोरोनको कारण मृत्यु भएको छ भने १७ जना महिला र २२ जना महिला गरि ३९ जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।हाल सम्म ७१ जना महिला र ८३  जना पुरुष गरि कुल १५४  जना होम आइसोलेसनमा रहेका छन भने ५ जना महिला र ११जना पुरुष गरि कुल १६ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

कुन वडामा कति संक्रमित?

वडा नं १ मा ६ महिला र ११ पुरुष गरि कुल १७ जना

वडा नं २ मा ९ महिला र ११ पुरुष गरि कुल २० जना

वडा नं३ मा ९ जना महिला र १७ जना पुरुष गरि कुल २६ जना

वडा नं ४ मा १२ जना महिला र ९ जना पुरुष गरि कुल २१ जना

वडा नं ५ मा ६ जना महिला र ११ जना पुरुष गरि कुल १७ जना

वडा नं ६ मा २६ जना महिला र १७ जना पुरुष गरि कुल ४३ जना

वडा नं ७ मा १४ जना महिला र १३ जना पुरुष गरि कुल २७ जना

वडा नं ८ मा ३ जना महिला र ८ जना पुरुष गरि कुल ११ जना

वडा नं ९ मा १० जना महिला र १८ जना पुरुष गरि कुल २८ जना त्यसै गरि अन्यमा २ जना महिला र ७ जना पुरुष गरि कुल ९जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ४३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्क को  प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन।

तपाइँको प्रतिक्रिया ।