गोकर्णेश्वर नगरपालिकाका ७५६ जनाले चिनिया भेरोसेल खोपको दोस्रो डोज लगाए

गोकर्णेश्वर नगरपालिकाका ७५६ जनाले चिनिया भेरोसेल खोपको दोस्रो डोज लगाए

कपन अनलाइन

काठमाडौं जेठ ३ । गोकर्णेश्वर नगरपालिकामा सामाजिक दुरी कायम गर्दै कोभिड १९ को दोश्रो खोप सञ्चालन आइतबार बाट शुरु भएको छ। कोरोना भाइरसविरुद्धको चिनिया भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा  खोप जेठ २ गते बाट लगाउन शुरु गरिएको हो  पहिलो मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहका  ब्यक्तिहरुलाई दोस्रो मात्र लगाइएको हो।

दोश्रो डोज चिनिया खोपका लागि गोकर्णेश्वर नगरपालिकामा दुई केन्द्र तोकिएका  थिए, सो खोपका लागि गोकर्णेश्वर नगरपालिका वडा नं ६को चामुण्डा माबी नारायणटार र  गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज क्याम्पस भवनलाइ  खोप केन्द्र तोकिएको  थियो। आइतबार गोकर्णेश्वरको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा ५२५ जना र गोकर्णेश्वर नगरपालिका वडा नं ६को चामुण्डा माबी नारायणटारमा २३१जना गरि कुल ७५६जनाले खोप  लगाएको जन स्वास्थ्य अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी गराए ।

 

तपाइँको प्रतिक्रिया ।