बन्दमा बिहानै लाठीचार्ज, दर्जनाैं प्रकाऊ, कयौं सवारी साधन तोडफोड

कपन अनलाइन\पुस २९, २०७१
अशोकराज पाण्डे\ प्रहरीले ३० दलीय मोर्चा र नेकपा-माओवादीले आयोजना गरेको बन्दका लागि भेला भएका आन्दोलनकारीलाई लाठीचार्ज र प्रकाऊ गरेको छ भने आन्दोलनकारीले दर्जनौ सवारी तोडफोड गरेका छन् ।

लाठीचार्जबाट ५ जना आन्दोलनकारी घाइते भएका छन् । करिब दर्जनको संख्यामा प्रहरीले रत्नपार्क, चावहिल, कंलकी, कोटेश्वर, सातदोबाटो, लगायतका स्थानहरुबाट बन्दकर्ता प्रकाऊ गरेको छ भने महाराजगञ्जबाट संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठ सहित ७ जना प्रकाऊ गरिएको छ ।

एमाओवादी नेता गंगा श्रेष्ठका अनुसार शान्तिपुर्णरुपमा चोकमा जम्मा भएका जनतालाई प्रहरीले एक्कासी लाठीचार्ज र प्रकाऊ गरेको हो । प्रहरीले भने उत्श्रृङ्खल गतिविधि बढेपछि नियन्त्रणमा लिनुपरेको बताएको छ ।

कयौं सवारी साधन तोडफोड

३० दलीय मोर्चाले आव्हान गरेको क्रममा बन्दको अवज्ञा गरेको भन्दै लैनचोरमा २ वटा ट्याक्सि, त्रिचन्द्र अगाढी १ वटा माइक्रो र कोटेश्वरको भाटभटेनी अगाढी एउटा माइक्रो तोडफोड भएको छ ।
पछिल्लो खबर अनुसार काठमाडौंको डिल्लीबजार र काठमाडौंको त्रिपुरेश्वरमा १,१ वटा ट्याक्सिमा तोडफोड भएको छ ।

(फाइल फोटो_

तपाइँको प्रतिक्रिया ।