कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ७६८ पुग्यो, ९५ जना संक्रमण जितेर घर फर्किए
कपन अनलाइन
काठमाडौं, जेठ १। कागेश्वरी मनोहरा नगरपालिकाका ९५ जनाले कोरोना जितेर घर फर्किएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन् ।दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ बैशाख ३१ गते सम्ममा ७६८ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये ९५ जनाले कोरोनालाइ जितेर घर फर्किएको उनले जानकारी गराए ।
उनले कुल संक्रमित मध्ये ६५८ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै हाल सम्म नगरपालिकाका १५जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन ।नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?
कागेश्वरी मनोहरा वडा नं. १ मा १२ जना ।
कागेश्वरी मनोहरा वडा नं. २ मा १३ जना ।
कागेश्वरी मनोहरा वडा नं. ३ मा १० जना ।
कागेश्वरी मनोहरा वडा नं. ४ मा २६ जना ।
कागेश्वरी मनोहरा वडा नं. ५ मा ५० जना ।
कागेश्वरी मनोहरा वडा नं. ६ मा ९२ जना ।
कागेश्वरी मनोहरा वडा नं. ७ मा १०९ जना ।
कागेश्वरी मनोहरा वडा नं. ८ मा ५७ जना ।
कागेश्वरी मनोहरा वडा नं. ९ मा ३९९ जनामा संक्रमण पुष्टि भएको छ,त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा ३९९ जनालाई कोरोना पोजेटिभ देखीएको छ ।
।