गोकर्णेश्वर नगरपालिकाका ५२९ जनाले कोरोना जिते
कपन अनलाइन
काठमाडौं जेठ १। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख ३१ गते सम्ममा ५२५ जना पुरुष र ३९६ जना महिला गरि कुल ९२१ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये ३००जना पुरुष र ३३९ जना महिला गरि कुल ५२९जनाले कोरोना जितेर घर फर्किएका छन् ।हाल सम्मनगरपालिकाका १२ जना पुरुष र ६ जना महिला गरि कुल १८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २१३ जना पुरुष र १६१ जना महिला गरि कुल ३७४ जनासक्रिय संक्रमित रहेको जानकारी गराएका छन् ।
हाल सम्म ३ जना पुरुष र ७ जना महिला गरि कुल १० जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २०५ जना पुरुष र १४९जना महिला गरि कुल ३५४ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा ३०८ जना पुरुष र २५४ जना गरि कुल ६६२जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ४३ जना पुरुष र ५२जना महिला गरि ९५ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकामा १८६९जना पुरुष र १७१९जना महिला गरि कुल ३५८८जनाको पी सी आर परिक्षण गरिएको जनाएकोछ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।