बागमती प्रदेस सरकारको अनुदानमा निजामती कर्मचारी अस्पतालमा १५० कोभिड बेड
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३१।
निजामति कर्मचारी अस्पतलमा १५० बेडको कोभिड अस्पताल संचालनका लागि बागमती प्रदेस सरकार संग सम्झौता भएको छ । बागमती प्रदेसको सामाजिक विकास मन्त्रालय र अस्पताल विच भएको सम्झौता अनुसार प्रदेस सरकारले २ करोड २४ लाख ५० हजार अनुदान उपलव्ध गराउने छ ।
प्रदेस मन्त्रालयका तर्फ बाट बरिस्ट स्वास्थ्य प्रशासक डा.अर्जुन प्रसाद सापकोटा र अस्पतालका तर्फ बाट कार्यकारी निर्देशक डा.विद्या निधि पौडेलले हस्ताक्षर गरेका छन। उक्त सम्झौता आजकै मिति बाट लागु हुनेछ ।
तपाइँको प्रतिक्रिया ।