कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ६८३ पुग्यो, ७४ जना संक्रमण जितेर घर फर्किए
कपन अनलाइन
काठमाडौं, बैशाख ३०। कागेश्वरी मनोहरा नगरपालिकाका ७४ जनाले कोरोना जितेर घर फर्किएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन् ।दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ बैशाख २९ गते सम्ममा ६८३ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये ७४ जनाले कोरोनालाइ जितेर घर फर्किएको उनले जानकारी गराए । उनले कुल संक्रमित मध्ये ५५७ जना सक्रिय संक्रमित रहेको जानकारी गराए । उनले त्यस मध्ये हाल ५९८जना सक्रिय संक्रमित रहेको पनि जानकारी गराए ।नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?
१- कागेश्वरी मनाेहरा वडा नं. १ मा ७ जना ।
२ – कागेश्वरी मनाेहरा वडा नं. २ मा १२ जना ।
३ – कागेश्वरी मनाेहरा वडा नं. ३ मा ८ जना ।
४ – कागेश्वरी मनाेहरा वडा नं. ४ मा २१ जना ।
५ – कागेश्वरी मनाेहरा वडा नं. ५ मा ४७ जना ।
६ – कागेश्वरी मनाेहरा वडा नं. ६ मा ८४ जना ।
७ – कागेश्वरी मनाेहरा वडा नं. ७ मा ९६ जना ।
८- कागेश्वरी मनाेहरा वडा नं. ८ मा ५२ जना ।
९ – कागेश्वरी मनाेहरा वडा नं. ९ मा ३५२ जनामा संक्रमण पुष्टि भएको छ,त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा ३५२ जनालाई कोरोना पोजेटिभ देखीएको छ ।
।
तपाइँको प्रतिक्रिया ।