बागमती प्रदेश मुख्य सचेतक दिपक निरौलाको सवारी साधन बुढानिलकण्ठ नगरवासीको सेवामा

बागमती प्रदेश मुख्य सचेतक दिपक निरौलाको सवारी साधन बुढानिलकण्ठ नगरवासीको सेवामा

कपन अनलाइन

काठमाण्डौ,बैशाख २९ ।

बागमती प्रदेश मुख्य सचेतक  दिपक निरौलाले  चढ्दै आएको गाडी बिरामीका लागी प्रयोग गर्न दिएका छन  । बुढानिलकण्ठ  नगरपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै बागमती प्रदेश मुख्य सचेतक  निरौलाले गंभिर प्रकृतिका बिरामीलाई अस्पताल जान र आउन समस्या भएकोले बिरामीलाई अस्पताल पुर्याउनका लागी आफूले चढ्दै आएको गाडी प्रदान गरेको जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल   प्रमूख प्रशासकीय अधिकृत राजेन्द्र कार्की , स्वस्थ शाखा  प्रमूख कुमार दाहाल लगायतको उपस्थितिमा  गाडी हस्तान्तरण गर्दै निरौलाले निषेधाज्ञा अवधिभर गंभिर प्रकृतिका बिरामीहरुको उपचारका लागी अस्पताल लैजान ल्याउन प्रयोग गरिने जानकारी दिएका छन।

सो गाडी आजै देखी बिरामीको उपचारमा प्रयोग गरिने बताउदै नगरपालिकाले  आफ्नो सुविधा भन्दा पनि जनता काे लागि सोच बनाएकोमा  भएकोमा नगरपलिकाकाे तर्फबाट धन्यवाद दिइएको थियो।

तपाइँको प्रतिक्रिया ।