बुढानिलकण्ठ -९ मा नेकपा एमाले वडा कमिटीको हेल्प डेस्क
कपन अनलाइन
पोखरा, वैशाख २९।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ९ शाखा कमिटीले विभिन्न स्थानमा हेल्प डेस्क राखेको छ। सो अवसरमा कोरोना प्रकोपको दोश्रो लहरमा रहेको विषम अवस्थामा स्थानीयहरुलाई मास्क तथा अन्य सामाग्री वितरण गरिएको थियो।
प्रकोपको विषम परिस्थितिमा सचेतना सहित आवस्यक सावधानीका वारेमा वडा वासीलाई सजग गरिएको बताउदै वडा नं पार्टी कमिटीका अध्यक्ष दिलिप थिंगले वडाका विभिन्न स्थानमा हेल्प डेस्क संचालन गरिने जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।