जेठ १३ गते सम्म निषेधाज्ञा ,पार्टी प्यालेसमा हुँदै आएका विवाह, व्रतबन्ध र भोजमा रोक
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २८।
काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । सोही बैठकले पार्टी प्यालेसमा हुँदै आएका विवाह, व्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन ।
उनले अत्यावश्यक परेकाले स्वास्थ्य मापदण्ड अपनाएर घरमै विवाहजस्ता कार्यक्रम गर्न सक्ने र त्यसका लागि अनुमति आवश्यक नभएको बताएका छन।
तपाइँको प्रतिक्रिया ।