बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमण उच्च,एकै दिन १०१ संक्रमित थपिए
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
बुढानिलकण्ठ नगरपालिकामा एकै दिन १०१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाका अनुसार संक्रमितहरुमा ४६ जना महिला र ५५ जना पुरुष रहेका छन।
नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र २२३ जना महिला र २३८ जना पुरूष गरी कुल ४६१ सक्रिय सक्रंमित व्यक्तिहरू रहेका छन् जसमा ४३६ जना होम आईसोलेसनमा छन् भने १३ जना पुरुष र १२ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।
वडागत विवरणः
वडा नं १ : २ महिला र ४ पुरुष
वडा नं २: २ पुरूष
वडा नं ३: २ महिला र ४ पुरुष
वडा नं ४: ४ महिला र ५ पुरुष
वडा नं ५: ७ महिला र ३ पुरुष
वडा नं ६: २ महिला र ६ पुरुष
वडा नं ७: २ महिला र ५ पुरुष
वडा नं ८: ८ महिला र ६ पुरुष
वडा नं ९: ४ महिला र १० पुरुष
वडा नं १०: ९ महिला र ७ पुरुष
वडा नं ११: ३ महिला र ३ पुरुष
वडा नं १२: २ महिला
वडा नं १३: १ महिला ।