आनन्दकुटी बिध्यापीठमा ५० शैयाको आइसोलेसन केन्द्र तयार
कपन अनलाइन
काठमाडौं, बैशाख २५ । प्रतिनिधिसभा सभा सदस्य जीवनराम श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले काठमाडौं क्षेत्र नं. ८ मा आइसोलेसनको निर्माण गरेका छन् । प्रयोगविहीन अवस्थामा रहेको काठमाडौंको स्वयम्भु स्थित आनन्दकुटी बिध्यापीठको भवनमा ५० सैयाको आइसोलेसनकेन्द्र तयार गरिएको हो । गत वर्ष नै सो आइसोलेसन केन्द्र संचालनमा ल्याउने योजना रहे पनि कोरोना संक्रमण साम्य हुदै गएको र पुन कोरोनाको दोस्रो लहर संगै उक्त आइसोलेसन तयार गरिएको हो ।
दोस्रो लहरको कोरोना महामारी तिब्र रुपमा बढे संगै संक्रमितहरुलाई सुरक्षित रहन र संक्रमित ब्यक्ति बाट अरुलाई बचाउन केन्द्र संचालनमा ल्याउन लागेको प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले बताएका छन ।उनले स्थलगत निरीक्षण गरि खाली रहेको आनन्दकुटी बिध्यापीठका १४ वटा कोठालाइ ५० सैयाआइसोलेसन तयार पारिएको जानकारी गराएका छन ।उनले उक्त केन्द्रका लागि २ करोड ५० लाख ४० हजार रुपैया रकम बिनियोजन गरिएको जानकारी गराउदै श्रेष्ठले आइशोलेशन केन्द्रमा आवश्यक सवै पूर्वाधारका साथै मेडिकल सर्पोटको पनि व्यवस्था हुने बताएका छन् ।