दक्षिणकाली नगरपालिकाले कोरोना संक्रमितको घरमै पुगेर परामर्शसहित स्वास्थ्य सामग्री प्रदान गर्यो

दक्षिणकाली नगरपालिकाले कोरोना संक्रमितको घरमै पुगेर परामर्शसहित स्वास्थ्य सामग्री प्रदान गर्यो

कपन अनलाइन

काठमाडौं बैशाख २५। दक्षिणकाली नगरपालिकामा कोरोना  संक्रमण कारण होम आइसोलेसनमा  रहेका व्यक्तिहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको  छ ।नगरका प्रमुख र उपप्रमुखको  स्वास्थ्य लाभको  सन्देश लिएर नगर अन्तर्गतका स्वास्थ्य कर्मचारीहरूले संक्रमितको  घरमै पुगेर स्वास्थ्य परामर्श सहित स्वास्थ्य सामग्री वितरण गर्ने अभियान  संचालन गरेको छ  संक्रमितहरुको मनोबल बढाउन र उनीहरुको स्वास्थ्य अवस्थाको  बारेमा जानकारी लिन पनि सो अभियान संचालन गरिएको नगर उप प्रमुख बसन्ती डंगोल तामाङले जानकारी गराइन।

उप प्रमुख बसन्ती डंगोल तामाङले कोरोनो संक्रमित विरामीको संख्या उच्च दरमा बढीरहेकोले आम नगरवासीलाई सजगता अपनाउन र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्किन आग्रह गर्दै सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  र बारम्बार साबुन पानीले हात धुन समेत  अनुरोध गरेकी  छिन ।

 

तपाइँको प्रतिक्रिया ।