गोकर्णेश्वरको सुन्ताखानमा निर्माणाधीन चुनडीकि बाल उद्यानको नगर प्रमुख सहितको टोलि द्वारा निरीक्षण

गोकर्णेश्वरको सुन्ताखानमा निर्माणाधीन चुनडीकि बाल उद्यानको नगर प्रमुख सहितको टोलि द्वारा निरीक्षण

कपन अनलाइन

काठमाडौं बैशाख २६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा निर्माणाधीन चुनडीकि बाल उद्यान तथा खेलकुद मैदान निर्माणले गति लिएको छ  ।गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा  स्वतन्त्र टोल सुधार समितिलले निर्माण गर्न लागेको उक्त बाल उद्यान तथा खेलकुद मैदानको शनिबार नगर प्रमुख सन्तोष चालिसे लगायतको टोलि द्वारा निरीक्षण गरेका छन ।

निरीक्षणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी वडा सदस्य लक्ष्मण गोले नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल , गोकर्णेश्वर नगरपालिका वडा नं८ का वडा सदस्य नन्दलाल श्रेष्ठ , स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष जयराम बिष्ट  ,  समाजसेवी किरणबहादुर  बिष्टलगायत स्थानीयको उपस्थिति रहेको थियो।

 निरीक्षणको क्रममा उक्त क्षेत्र सम्म पुग्ने सार्वजनिक बाटो  बनाउने बिषयमा समेत छलफल भएको थियो भने  उक्त स्थानको पहिरो रोकथामका लागि  दाया बाया पर्खाल निर्माण गर्ने बिषयमा समेत छलफल गरिएको थियो। आगामी बजेटमा उक्त कामको लागि बजेट बिनियोजन गर्न पहल गर्ने नगर प्रमुखको भनाइ रहेको थियो ।कोभिडको संकटपूर्ण अवस्थामा पनि उक्त बाल उद्यान तथा खेलकुद मैदान निर्माणका कार्यहरुले  गति लिदै आएको छ ।आज सम्म ३० प्रतिशत काम सकिएको स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष जयराम बिष्टले जानकारी गराए।

तपाइँको प्रतिक्रिया ।