लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को आइसोलेसन निर्माणका लागि साँखु प्रहरीलाइ सहयोग

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१को आइसोलेसन निर्माणका लागि साँखु प्रहरीलाइ सहयोग

कपन अनलाइन

काठमाडौं,बैशाख २५। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को सक्रियतामा  महानगरीय प्रहरी प्रभाग साँखुमा सात शैया सहित  बिभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ।पछिल्लो समय कोरोना भाइरस महामारिको कारण अग्र पंक्तिमा खटिएको सुरक्षाकर्मीहरुको साथै कारागारमा रहेका कैदीबन्दिहरु समेत संक्रमित हुन थाले पछि लायन्स क्लबले  महानगरीय प्रहरी प्रभाग साँखुलाइ आइसोलेसन निर्माणको लागि  सात वटा  बेड डस्ना, सिरानी, तन्ना र पॉच सेट PPE  महानगरीय प्रहरी प्रभाग साँखुको कार्यलय प्रमुख प्रहरी निरीक्षक जानुका देबी खरेललाइ पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल लगायत लायन्स लिडरहरुले शनिबार हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लबले कोरोणा भाइरस (Covid-19) को दोश्रो लहरको यो डर लाग्दो अवस्था र सरकार द्वारा घोषित निषेधाज्ञाको समयमा पनि संक्रमित हरुको लागि Oxygen सहितको आइसोलेसन  निर्माणको लागि  लायन्स लिडर खगेन्द्र सिटौलाको अगुवाइमा  लायन्स सेमी आइ सी यु बनाउन र  र चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पतालमा ३० देखि ४० शैय्या राखेर Oxygen Concentration सहितको सुविधा उपलब्ध गराउन लागि परेका छन ।

त्यसै धेरै वटा नगरपालिले पनि लायन्स क्लब संग  सहकार्यको लागि तत्परता देखाएका छन । पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालका अनुसार काठमाडौंका विभिन्न स्थानहरुमा सेमि ICU गठन गर्न नगरपालिकाहरु संग सहकार्य गर्दै डिस्ट्रिक्ट ३२५ ए वन् सक्रियताका साथ लागिपरेको  जानकारी गराए। उनले हालको विषम  परिस्थितिमा सेवा भाबका साथ सुरक्षित तवर बाट लायन्स सदस्यहरुलाई सेवाका कार्य गर्न अनुरोध समेत गर्दै लायन्सले शुरु गरेको सो अभियानमा  संयुक्त रुपमा सहयोग गर्न पनि अनुरोध गरेका छन्  ।

तपाइँको प्रतिक्रिया ।