बुढानिलकण्ठ -१२ मा कोरोना संक्रमण दर उच्च,स्थानीयद्वारा आइसोलेसन केन्द्रको माग
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २५।
बुढानिलकण्ठ नगरपालिका वडा नम १२ मा कोरोना संक्रमण दर निकै बढेको छ। बुढानिलकण्ठ नगरपालिकाको स्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनका अनुसार बैशाख २४ गते सम्म वडा नं १२ मा ३० जनामा कोरोना संक्रमण देखिएको छ।
बुढानिलकण्ठ नगरपालिकामा सबै भन्दा बढी संक्रमित रहेको वडा नम १० ले बलुवाखानी नगर अस्पताल निर्माण स्थलमा आइसोलेसन केन्द्र तयार गरे संगै वडा नं १२ का स्थानीयहरुले पनि केन्द्र निर्माणको माग गरेका छन।
वडा नं १२ मा नगरपालिकाको तथ्यांक भन्दा बाहिर पनि धेरै संक्रमित रहेको आशंका गर्दै स्थानीयहरुले होम आइसोलेसनमा बस्न कठिन भएका संक्रमितहरुको व्यवस्थापनका लागि छुट्टै आइसोलेसन केन्द्रको माग गरेका हुन्।
वडा नं १२ मा आइसोलेसन केन्द्र निर्माणका लागि कपन अस्पताल संग छलफल गरिएको र व्यवस्थापनको अन्तिम चरणमा रहेको वडा अध्यक्ष शम्भु भट्टराईले जानकारी दिएका छन।
सो अस्पताललाई आइसोलेसन बनाउनका लागि अस्पतालको व्यवस्थापन संग छलफल गरिसकेको बताउदै उनले नगर कार्यपालिकाको निर्णय संगै आवस्यक जनशक्ति र सामाग्री व्यवस्थापन गर्ने जानकारी दिएका छन।
कोरोना प्रकोपको दोश्रो चरणमा धेरै संक्रमित हुँदा बहालमा बस्ने र धेरै सदस्य भएका परिवार तथा गम्भीर ध्यान दिनुपर्ने वडा वासीहरुका लागि आइसोलेसन केन्द्रको आवस्यकता देखिएको वडा सदस्य पुरुषोत्तम नेपालले बताएका छन।