गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ५६३ पुग्यो, कुन वडामा कति संक्रमित ?

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ५६३  पुग्यो, कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौं, बैशाख २४ ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख २४   गते सम्ममा  ३२३  जना पुरुष र २४०  जना महिला गरि कुल ५६३जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १६ जना पुरुष र ६ जना महिला गरि कुल २२  जना

वडा नं २ मा २१  जना पुरुष र ९ जना महिला गरि कुल ३०   जना

वडा नं३ मा १६   जना पुरुष र ९  जना महिला गरि कुल २५   जना

वडा नं ४ मा ५०  जना पुरुष र ४०  जना महिला गरि कुल ९०   जना

वडा  नं ५ मा  ६९   जना पुरुष र ३९  जना महिला गरि १०८   जना

वडा नं ६ मा ५४   जना पुरुष र ५०  जना महिला गरि १०४ जना

वडा नं ७ मा २५   जना पुरुष र २७ जना महिला गरि कुल ५२   जना

वडा नं  ८ मा ५६   जना पुरुष र ४४   जना महिला गरि कुल १००  जना

वडा नं ९ मा १६  जना पुरुष र १६   जना महिला गरि कुल ३२  जना संक्रमित   रहेको जनाएको छ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

 

 

तपाइँको प्रतिक्रिया ।