बिष्णुमति कोरिडोरको जग्गा विकास सम्भाव्यता अध्ययनको मस्यौदा प्रतिबेदन प्रस्तुत
कपन अनलाइन
काठमाडौँ, बैशाख २५ ।बिष्णुमति कोरिडोरको जग्गा विकास सम्भाव्यता अध्ययनको मस्यौदा प्रतिबेदन प्रस्तुतीकरण गरिएको छ शुक्रबार बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाको अध्यक्षता भएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेल, उपप्रमुख रमा देबी राइ, टोखा नगरपालिका कि उप प्रमुख ज्ञान माया डंगोल, बुढानिलकण्ठ नगरपालिका वडा नं४ का वडा अध्यक्ष राजु खड्का वडा सदस्य श्रीराम केसी,वडा नं ५ का वडा अध्यक्ष विजय तामाङ, वडा नं ६ का वडा अध्यक्ष नबिन केसी, टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपक राज जोशी,वडा नं ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, शहरी विकास तथा भवनका इन्जीनियर जनक लाल महर्जन, इन्जिनियर रीता मास्के लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं २ ३, र ६ तथा बुढानिलकण्ठ नगरपालिकाको ४ ५ र ६ अन्तर्गत विष्णुमति खोला करिडोरको दाया बाया ३०० मिटर क्षेत्र भित्र जग्गा विकास सम्भाव्यता अध्ययनको मस्यौदा प्रतिबेदन प्रस्तुतीकरण गरिएको थियो।कार्यक्रममा शहरी विकास तथा भवनका इन्जीनियर जनक लाल महर्जन, इन्जिनियर रीता मास्के लगायतले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले उक्त क्षेत्रको जग्गा विकास आयोजनाको लागि आवश्यक बजेट प्रदेश र केन्द्र सरकार बाट ल्याउन आफुले पहल गर्ने बताएका थिए। सो आयोजना बाट नगरपालिकाका जनता लाभान्वित हुने बताउदै जग्गा विकास गर्न सकेको खण्डमा बूढानीलकण्ठ–टोखालाई पर्यटकिय गन्तव्य बनाउन सकिने बिश्वास ब्यक्त गरेका थिए । पर्यटकीय गन्तब्य बने संगै त्यहाको आर्थिक गतिबिधि पनि बढ्ने हुँदा त्यसले आमजनताको जीवनस्तरमा सुधार ल्याउने उनले बताए ।बढ्दो जनसंख्या तथा शहरीकरणको परिप्रेक्ष्यमा निर्माण, विस्तार र विकासको साथै योजनाबद्ध रूपमा भौतिक विकास गरी जनसाधारणलाई आवश्यक सेवा र सुविधाहरू दिलाउन समेत यस्ता आयोजनाले सहयोगी भूमिका खेल्ने बताए ।
नेपालमा जस्तो जाहाको जमिनमा व्यक्तिगत स्वामित्व रहेको छ र सार्वजनिक जमिनहरु ज्यादै कम मात्रामा छन, त्यस देशमा सरकारले ल्याउने बृहत आयोजनाहरु सरकारको पहलमा मात्र गर्न संभव नहुने हुँदा सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।यस वेला जनताको विकास देख्न नसक्ने र राजनैतिक पूर्वाग्रहका कारणले सोझा जनताहरुका विचमा भ्रमको खेती गर्दै आफनो रोटी सेक्नेहरुसंग भने सवै सचेत विकासप्रेमी नागरिकहरु सचेत हुन आवश्यक रहेको बताएका थिए ।जग्गा विकास आयोजनाको लागि बिभिन्न चरणमा स्थानीय संग छलफल गरिरहेको जानकारी गराउदै आयोजना सफल पार्न लाभान्वित स्थानीय जनताहरुलाई सक्रिय सहभागिता र प्रत्यक्ष सहयोगी भूमिका खेल्न अनुरोध गरेका थिए ।
जग्गा विकास आयोजनाको लागि बिभिन्न चरणमा स्थानीय संग छलफल गरिरहेको जानकारी गराउदै आयोजना सफल पार्न लाभान्वित स्थानीय जनताहरुलाई सक्रिय सहभागिता र प्रत्यक्ष सहयोगी भूमिका खेल्न अनुरोध गरेका थिए ।उक्त आयोजनाको प्रारम्भिक लागत करिब २ अर्ब ४२ करोडअनुमान गरिएको जसमा बुढानिलकण्ठ नगरपालिका तर्फ १ अर्ब ४२ करोड र टोखा नगरपालिका तर्फ एक अर्ब लागत लाग्ने उक्त प्रस्तुतीकरणमा जानकारी गराइएको थियो।