गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ५४० पुग्यो, कुन वडामा कति संक्रमित ?

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ५४० पुग्यो, कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौं, बैशाख २४ ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख २३   गते सम्ममा  ३०७  जना पुरुष र २३३   जना महिला गरि कुल ५४०  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १३ जना पुरुष र ५  जना महिला गरि कुल १८ जना

वडा नं २ मा २१  जना पुरुष र ९ जना महिला गरि कुल ३०   जना

वडा नं३ मा १५   जना पुरुष र ९  जना महिला गरि कुल २४   जना

वडा नं ४ मा ४९  जना पुरुष र ३७  जना महिला गरि कुल ८३   जना संक्रमित

वडा  नं ५ मा  ६४   जना पुरुष र ३९  जना महिला गरि १०३   जना

वडा नं ६ मा ४९   जना पुरुष र ४८  जना महिला गरि ९७  जना संक्रमित

वडा नं ७ मा २४   जना पुरुष र २६  जना महिला गरि कुल ५१   जना

वडा नं  ८ मा ५५   जना पुरुष र ४४   जना महिला गरि कुल ९९  जना

वडा नं ९ मा १६  जना पुरुष र १६   जना महिला गरि कुल ३२  जना संक्रमित   रहेको जनाएको छ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

 

तपाइँको प्रतिक्रिया ।