कोरोना संक्रमणको उच्च जोखिममा गोकर्णेश्वर नगरवासी ,कुन वडामा कति संक्रमित ?

कोरोना संक्रमणको उच्च जोखिममा गोकर्णेश्वर नगरवासी ,कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

गोकर्णेश्वर नगरपालिका कोरोना प्रकोपको दोश्रो लहरमा उच्च जोखिममा परेको छ। गोकर्णेश्वर नगरपालिकाका सबै वडामा दैनिक रुपमा कोरोना संक्रमितहरुको शंख्या बढे संगै नगरवासीहरु पनि उच्च जोखिममा परेका छन।

गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख २१  गते सम्ममा  २३३ जना पुरुष र १८८  जना महिला गरि कुल ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

परिक्षणको दायरा साँघुरो भएकोले यो शंख्या देखिएपनि यो आगामी दिनमा निकै बढ्ने देखिन्छ भने संक्रमणका कारण मृत्यु हुनेको शंख्या पनि दैनिक रुपमा बढ्दै गएको छ।

कपन अनलाइन टिमले निषेधाज्ञाको अवस्थाका वारेमा गरेको गोकर्णेश्वर नगरपालिकाको  स्थलगत अध्ययनमा नगरका अधिकांशहरु  भित्रि भागमा स्थानीयहरुको आवागमन र व्यवसाय निर्वाद रुपमा चलेको देखिन्थ्यो भने मुख्य सडक र चोकमा प्रहरीको उपस्थिति देखिएपनि भित्रि भागमा भने कुनै उपस्थिति नदेख्दा प्रहरीमा रहेको जनशक्तिको कमीले तुरुन्त विशेष स्वयंसेवकहरु परिचालन गर्नुपर्ने देखिन्थ्यो।

सबै भन्दा धेरै निषेधाज्ञा उल्लंघन पसल व्यवसाय खुलेको समयमा देखिएको छ जहाँ  प्राय पसलहरुले सामाजिक दुरी कायम गर्नुत परे जावोस सामान्य सुरक्षा विधि पनि अपनाएका छैनन् । यसमा नगरपालिकाले सबै पसल व्यवसायीहरुलाई अनुगमन गदै सचेत बनाउनु पर्ने देखिन्छ।

आगामी दिनमा स्थितिलाई थप भयावह बन्न नदिनका लागि तुरुन्त सचेतना , कारवाही र सहयोगको लागि पहल नगरेको खण्डमा गोकर्णेश्वर  नगरपालिका ठुलो जोखिममा पर्ने देखिन्छ ।

उक्त जोखिमको प्रमुख कारण नगरवासीको लापरवाही देखिन्छ भने नगरपालिकाले पनि केवल प्रहरीको मात्र भर नपरी हरेक चोक र भित्री सडकमा समेत स्वयंसेवक परिचालन गरेर पसल र परिक्षणको झुटो बहाना बनाएर घुम्न निस्कनेहरुलाई कारवाही गर्नुपर्ने देखिन्छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित :

वडा नं १ :   १६ जना

वडा नं २:  २४  जना

वडा नं ३:  २१  जना

वडा नं ४:  ३६  जना

वडा  नं ५:  ८२  जना

वडा नं ६:  ८६  जना

वडा नं ७:  ४१  जना

वडा नं  ८:  ३७  जना

वडा नं ९:  २० जना

 

तपाइँको प्रतिक्रिया ।