गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ४२१ पुग्यो, कुन वडामा कति संक्रमित ?

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ४२१ पुग्यो,  कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौं, बैशाख २१ ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख २१  गते सम्ममा  २३३ जना पुरुष र १८८  जना महिला गरि कुल ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित :

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १२ जना पुरुष र ४ जना महिला गरि कुल १६ जना संक्रमित रहेका छन

वडा नं २ मा १८ जना पुरुष र ७ जना महिला गरि कुल २४  जना संक्रमित

वडा नं३ मा १२  जना पुरुष र ९ जना महिला गरि कुल २१  जना संक्रमित

वडा नं ४ मा ३५  जना पुरुष र २ ८ जना महिला गरि कुल ३६  जना संक्रमित

वडा  नं ५ मा  ५०  जना पुरुष र ३२  जना महिला गरि ८२  जना संक्रमित

वडा नं ६ मा ४२  जना पुरुष र ४४ जना महिला गरि ८६  जना संक्रमित

वडा नं ७ मा १९  जना पुरुष र २२  जना महिला गरि कुल ४१  जना संक्रमित

वडा नं  ८ मा ३५  जना पुरुष र ३२  जना महिला गरि कुल ३७  जना संक्रमित

वडा नं९ मा १०  जना पुरुष र १०  जना महिला गरि कुल २० जना संक्रमित   रहेको जनाएको छ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।