अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माणको लागि लायन्स क्लबको अग्रसरता

अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माणको लागि लायन्स क्लबको अग्रसरता

कपन अनलाइन

काठमाडौं, बैशाख २१ । कोरोणा भाइरस (Covid-19) को दोश्रो लहरको यो डर लाग्दो अवस्था र सरकार द्वारा घोषित निषेधाज्ञाको समयमा पनि संक्रमित हरुको लागि Oxygen सहितको आइसोलेसन निर्माणको लायन्स क्लबले अग्रसरता देखाएको छ ।  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले  लायन्स सेमी आइ सी यु बनाउनको लागि  बसुन्धराको चिरायु हस्पिटल र चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पतालमा ३० देखि ४० शैय्या राखेर Oxygen Concentration सहितको सुविधा उपलब्ध गराउने योजना अनुरुप छलफल र भेटघाट मा केन्द्रित भएको छ ।

लायन्स क्लबका  GAT Area Leader Lion खगेन्द्र सिटौलाको नेत्रत्वमा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,  पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल , लायन्स लिडर  द्वय डा. राजेन्द्र बराल  लायन महेश पण्डित सहितको टोलि द्वारा शनिबार  चिरायु हस्पिटलका Operation Director चण्डेश्वरानन्द बैध्य तथा चन्द्रागिरि नगरपालिका प्रमुख  लायन घनश्याम गिरि  संग भेटघाट तथा छलफल सम्पन्न गरेको थियो। उक्त भेटघाटमा नगर प्रमुख घनश्याम गिरि र  चिरायु हस्पिटलका Operation Director चण्डेश्वरानन्द बैध्यले सो काममा सहयोग गर्ने बताएका थिए ।

  ICU र Oxygen को व्यापक कमि भईरहेको यस विषम परिस्थितिमा यदि यो कार्यको शुरुवात गर्न सके लायन्स  भएकोमा सन्तोष गर्नुका साथै केहि जीवन बचाउन सफल हुईन्थ्यो कि भन्दै पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले  , सम्पूर्ण लायन्स  मित्रहरुबाट विगतमा झैं सहकार्य र सहयोगको अपेक्षा  गरेका छन ।बिगतमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ काठमाडौंको गोकर्ण र बिराट नगरमा लायन्स आइसोलेसन सेन्टर संचालन गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।