लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषाले मान्यता पायो

लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषाले मान्यता पायो

कपन अनलाइन

काठमाडौं, बैशाख २१ । लायन्स क्लब  अन्तर्राष्ट्रियले  नेपाली भाषालाई पहिलोपटक अफिसियल भाषाका रूपमा चौधौं स्थानमा मान्यता प्रदान गरेको छ । भाषाको  मान्यतापछि अबदेखि लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषा पनि अफिसियल भाषा बनेको  छ ।अबको  केही समयपछि लायन्स अन्तर्राष्ट्रियको  वेभसाइटमा समेत नेपाली भाषा पढ्न पाइने र लायन्स म्यागेजिनमा पनि नेपाली भाषा समावेश हुने यो  अभियानका अभियन्ता लायन्स अन्तर्राष्ट्रियका पूर्व इन्टरनेशनल डाईरेक्टर लायन सन्जय खेतानले जानकारी गराएका छन् ।

प्रत्येक वर्ष हुने अन्तर्राष्ट्रिय कन्भेन्सनमा समेत अब नेपाली भाषामा पनि सुन्न सकिने भएको छ। यस अघि अंग्रेजी र अन्य भाषामा मात्र सुन्न सकिने अवस्था थियो  ।पुर्व इन्टरनेशनल डाईरेक्टर लायन सन्जय खेतानको  लामो  समयदेखिको  अथक प्रयास र लायन्स क्लब्स् अन्तर्राष्ट्रियसँग खेतानको  सम्बन्धले पहिलो पटक लायन्स अन्तर्राष्ट्रियमा अफिसियल भाषाका रूपमा दर्ता भएको  हो ।लायन्स अन्तर्राष्ट्रियले अफिसियल भाषाका रूपमा नेपाली भाषालाई चौधौं स्थानमा मान्यता प्रदान गरेकाे खबरले लायन्स लिडर तथा सदस्यहरुले खुसि ब्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।