शंखरापुर नगरपालिका साँखु बजार भित्रको राजकुलो पुनःनिर्माणको लागि उपभोक्ता समिति गठन

शंखरापुर नगरपालिका साँखु बजार भित्रको राजकुलो पुनःनिर्माणको लागि उपभोक्ता समिति गठन

 

कपन अनलाइन

काठमाडौं ,बैशाख २१ ।शंखरापुर नगरपालिका साँखु बजार भित्रको  राजकुलो पुनःनिर्माणको लागि उपभोक्ता समिति गठन भएको छ ।राजेश श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय साँखु राजकुलो पुन निर्माण उपभोक्ता समिति गठन गरिएको हो ।शंखरापुर नगरपालिका सम्पदा बिकास उप समितिको अगुवाइमा साँखु बजार भित्रका प्रत्येक टोल बाट दुई दुई जना प्रतिनिधित्व हुने गरि उपभोक्ता समिति गठन गरि ५ जना महिला सदस्य थपेर २१ सदस्यीय समिति गठन गरेको हो।समितिको उपाध्यक्षमा पार्बती मानन्धर, सचिबमा प्रबिणमान सि, कोषाध्यक्षमा श्रीभक्त श्रेष्ठ र सह सचिबमा बिरेन्द्र श्रेष्ठ चयन भएका छन।

तेसैगरि सदस्यहरूमा मिजेन्द्रकाजी श्रेष्ठ,मदनगोपाल कारन्जित, कृष्ण बहादुर श्रेष्ठ, गंगा बहादुर रन्जित, द्वारिका श्रेष्ठ, राजकुमार श्रेष्ठ र भुपेन्द्रमान श्रेष्ठ रहेका छन। त्यसैगरि  श्रीकृष्ण श्रेष्ठ, सुर्ज्ये बहादुर रन्जित,दिपेन्द्रलाल सि, प्रतिमा श्रेष्ठ, इन्दिरा श्रेष्ठ, मदनकुमारी बज्राचार्य, रन्जना श्रेष्ठ शान्ता श्रेष्ठ र जमुना डंगोल  रहेका छ्न।राष्ट्रिय पुन निर्माण प्राधिकरणको करिब ३ करोड ५० लाखको लागतमा उक्त राजकुलो पुन निर्माण हुन लागेको हो।

फोटो : प्रेम प्रकाश

 

तपाइँको प्रतिक्रिया ।