गोकर्णेश्वर नगरपालिकाका कुन वडामा कति कोरोना संक्रमित ?
कपन अनलाइन
काठमाडौं, बैशाख १९। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख १७ गते सम्ममा १०० जना पुरुष र ६८ जना महिला गरि कुल १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित :
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ९ जना पुरुष र ४ जना महिला गरि कुल १३ जना संक्रमित रहेका छन
वडा नं २ मा १० जना पुरुष र ३ जना महिला गरि कुल १३ जना संक्रमित
वडा नं३ मा १ जना पुरुष र १ जना महिला गरि कुल २ जना संक्रमित
वडा नं ४ मा १० जना पुरुष र ८ जना महिला गरि कुल १८ जना संक्रमित
वडा नं ५ मा २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना संक्रमित
वडा नं ६ मा १३ जना पुरुष र १५ जना महिला गरि २८ जना संक्रमित
वडा नं ७ मा ८ जना पुरुष र ११ जना महिला गरि कुल १९ जना संक्रमित
वडा नं ८ मा १४ जना पुरुष र ५ जना महिला गरि कुल १२ जना संक्रमित
वडा नं९ मा ७ जना पुरुष र ५ जना महिला गरि कुल १२जना संक्रमित रहेको जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन् ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।