शंखरापुर नगरपालिकाका २७ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं, बैशाख १९। शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन अनुरोध गरेका छन् ।कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।
शंखरापुर नगरपालिकाले कोरोना रोकथामका लागि बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउदै हाल सम्म नगरपालिकाका २७ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका छन।
उनले प्रस्ताबित नगर अस्पताल इन्द्रायणीमा अक्सिजन सहित ११ ओटा आइसोलेशन बेड तयार गरि सेवा शुरु गरेको पनि जानकारी गराएका छन् l
तपाइँको प्रतिक्रिया ।