स्वेता रक्तदान अभियानको काठमाण्डौका दुई स्थानमा आपतकालीन रक्तदान

स्वेता रक्तदान अभियानको काठमाण्डौका दुई स्थानमा आपतकालीन रक्तदान

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १९।

स्वेता रक्तदान अभियान अन्तर्गत काठमाण्डौका दुई  स्थानमा आपतकालीन रक्तदान सम्पन्न भएको छ। चावहिल चारुमती स्तुपा र काठमाण्डौ महानगरपालिका वडा नं ६ को कार्यालयमा भएको आपतकालीन रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए।

कोरोना प्रकोपको जोखिमपूर्ण समयमा रगतको अभावलाई न्यूनीकरण गर्नका लागि आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेड क्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो।

विषम परिस्थितिमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा छिरिंग दोर्जे लामा ,वडा नं ६ र ७ को विशेष सहयोग रहेको जानकारी दिदै अभियन्ता स्वेता श्रेष्ठले सहयोग गर्ने स्वयंसेवक तथा अन्य महानुभावहरुलाई धन्यवाद दिएकी छन् ।

तपाइँको प्रतिक्रिया ।