बुढानिलकन्ठ -१० मा डिसइन्फेक्सन अभियान शुरु,खाध्यान्न तथा तरकारी पसललाई दिनमा दुई पटक डिसइन्फेक्सन गरिने

बुढानिलकन्ठ -१० मा  डिसइन्फेक्सन अभियान शुरु,खाध्यान्न तथा तरकारी पसललाई दिनमा दुई पटक डिसइन्फेक्सन गरिने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १९।

बुढानिलकन्ठ नगरपालिका वडा नं  १० ले  कोविड १९ संक्रमण  रोकथाम तथा नियन्त्रणका लागि  अन्तर्गत दैनिक दुई पटक खाध्यान्न तथा तरकारी  पसल डिसइन्फेक्सन अभियान शुरु गरेको छ  ।

निषेधाज्ञाको  समयलाइ ख्याल गर्दै बिहान बेलुकि वडाभित्रका खाध्यान्न तथा तरकारी  पसल दिनमा  २ पटक डिसइन्फेक्सन गर्न थालिएको हो जसमा  एकपटक कुनै पनि खाध्यान तथा तरकारि पसल डिसइन्फेक्सन गर्दा  स्थान ६ घन्टा सम्म Disinfected बनाउन सकिन्छ ।

बुनपा १० क्षेत्रमा निषेधाज्ञाको समयमा खाध्यान्न तथा तरकारि पसल बिहान ६ बजे देखि १० बजे सम्म र बेलुकि ५ बजे देखि ७ बजेसम्म दिनमा २ पटक मात्र खुल्ने गर्दछ ।

यस अभियानको उद्देश्य आम जनमानसलाइ सुरक्षित स्थानमा दैनिक उपभोग्य सामाग्री खरिद गर्ने बाताबरण निर्माण सङगै आफ्नो घर तथा वरिपरिको खेत्रमा पनि डिसइन्फेक्सन गर्न वडाबासिलाइ सुसुचित गर्दै नागरिक सचेतना अभिबृद्दि गर्ने मुख्य लक्ष रहेको बुनपा १० का वडाध्यक्ष नवराज भट्टराइ बताउछन  ।

यस अभियानको लागि दैनिक स्वयंसेवकहरूको ५ वटा समुह परिचालन गरिएको छ । सो  कार्यमा  नारायण चोक युबा क्लब र एन एच आरसिएन लगायतको बिभिन्न संघ संस्थाहरुका स्वयंसेवक परिचालन  गरिएको छ । यस अभियानमा सजिलो मिस्त्री नामक  सहयोगी  सन्स्थाको रुपमा रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।