मंगलम उद्योगको कारखानामा भएको आगलागी

मंगलम उद्योगको कारखानामा भएको आगलागी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १८ ।

नेपालको पहिलो CPVC पाइप र फिटिंगस् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम उद्योग प्रा.लि.को सिदार्थ नगर कारखानामा  आगलागीे भएको छ।

बिहान १० बजे नजिकैको मैदानमा पराल जलेको कारण आगो शुरू भएको आगलागीमा  करिब ५ देखि ७ करोड सम्मको उत्पादन र गोदाम शेडमा  क्षति पुगेको छ।

मंगलम उद्योग प्राइवेट लिमिटेडका प्रबन्ध निर्देशक  अभिनव चुरीवालले उद्योगमा रहेका सामग्री लगायतका विभिन्न संरचनाहरू आगलागीबाट क्षतिग्रस्त भएको जानकारी दिएका छन ।

तरफायर प्रोटोकलहरू पालनाले क्षति केही हदसम्म कम भएको  र दुर्घटनाको क्रममा कोही पनि घाइते नभएको बताउदै उनले   सिद्धार्थ नगरपालिकाको फायर ब्रिगेड टीम, नेपाल पुलिस, नेपाली सेना र स्थानीय अधिकारीहरूको सहयोगमा आगलागी नियन्त्रण गरिएको जानकारी दिएका  छन।

त्यस्तै  सिद्धार्थ नगर कारखानाकाप्रमुख प्रदीप शुक्लाले आगलागी हुँदा सबै सुरक्षा अभ्यास र आपतकालिन विधिहरू विधिवत पालना गरिएको बताउदै  नियमित अग्निसुरक्षा अभ्यासहरुका कारण  आगो नियन्त्रण गर्न र बाँकी सुविधालाई बचाउन सकेको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।