वैद्यको बन्दलाई ज्ञानेन्द्रद्वारा अवज्ञा 

 वैद्यको बन्दलाई ज्ञानेन्द्रद्वारा अवज्ञा 

Gyanendra1

कपन अनलाइन\पुस २५,२०७१

शुक्रबार मोहन वैद्य नेतृत्वको नेकपा—माओवादीले आयोजना गरेको पुर्वाञ्चल बन्दलाई पूर्व राजा ज्ञानेन्द्र शाहले अवज्ञा गरेका छन् ।

जनताको पक्षमा संविधान नबन्ने भन्दै विरोधस्वरूप आयोजना गरेको बन्दमा पूर्व राजा ज्ञानेन्द्र स्कटिङमा पूर्वपश्चिम राजर्मागमा दौडिएका थिए । पत्नी कोमललाई लिन विराटनगर हिँडेका पूर्व राजा ज्ञानेन्द्र शुक्रबार झापाबाट विराटनगर विमानस्थल पुगेका थिए ।

सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभाको माग गर्दै आह्वान गरेको पूर्वाञ्चल बन्दको बेला पूर्व राजा ज्ञानेन्द्र आफैँ कार चलाएर विराटनगर विमानस्थल पुगेका थिए । पारिवारिक भ्रमण भन्दै बुधबार पूर्वमा पुगेका राजा झापामा रहेको आफ्नै स्वामित्वको हीमालय टी गार्डेनमा बस्दै आएका छन् ।

तपाइँको प्रतिक्रिया ।