२९ का विद्यार्थीहरुलाई सामाखुसी क्लवको सम्मन

२९ का  विद्यार्थीहरुलाई सामाखुसी क्लवको सम्मन

काठमाडौं। काठमाडौं सामाखुसी २९ नं वडामा बसोबास गरि अध्ययन गर्दै २०७१ सालको प्रवेशिका परीक्षामा उत्तिर्ण हुन सफल विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ। शिक्षामन्त्री चित्रलेखा यादवले सामाखुसी युवा क्लवले गरेको कार्यक्रममा ३२० विद्यार्थीलाई सम्मान गर्नुभएको थियो।

 

11226914_10152981784124607_3041548057831715879_n

सभासद तथा काठमाडौं काँग्रेसका सभापति भिमसेनदास प्रधान तथा सभासद तथा नुवाकोट काँग्रेसका सभापति जगदिश्वर नरसिंह केसीले. उच्चशिक्षा अध्ययनको खुडकिलोको रुपमा रहेको एसएलसीमा सफल विद्यार्थीहरुलाई सम्मान गर्ने क्लवको कार्यको प्रशंसा गर्दै सफल विद्यार्थीलाई शुभकामना दिनुभयो। काठमाडौं क्षेत्र नं ६ का सभासद प्रधानले क्लबको कार्यको प्रशंसा गर्दै समाजिक कार्यक्रम सञ्चालनका लागि आफ्नो संसद् कार्यालयबाट ५ लाख सहयोग उपलब्ध गराउने घोषणा समेत गर्नुभयो।

samman-samakhusi

सम्मान कार्यक्रमको अवसर पारेर क्लबलाई निरन्तर सहयोग गर्ने सामाजिक संघसंस्थाहरुलाई कदरपत्र मार्फत सम्मान समेत गरिएको थियो । कदर पत्र प्राप्त गर्नेहरुमा रेडन कलेज, आशिवार्द कलेज, वाग्मती कलेज, साईपल एकेडेमी, नवोदित उच्च मा.वि., सामाखुसी यातायात व्यवसायी लगायत संस्थाहरु रहेका थिय।

 

सम्मान कार्यक्रममा क्लबका अध्यक्ष कुमार श्रेष्ठले विपत व्यवस्थापनका क्रममा देशका ९ जिल्लाहरुमा स्वयंमसेवी अभियान सम्पन्न गरेर खाली समयलाई सदुपयोग गर्दै सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

सम्मान कार्यक्रमको अवसर पारेर क्लबले २९ नं वडाका गरिब तथा जेहेन्दार ५ जना विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने व्यवस्था समेत मिलाएको छ।

 

तपाइँको प्रतिक्रिया ।