२६ औं एसएमएल इसुजु ज्ञान कार्निभल खेलकुद प्रतियोगिता सुरु

२६ औं एसएमएल इसुजु ज्ञान कार्निभल खेलकुद प्रतियोगिता सुरु

कपनअनलाइन

काठमाडौं,कार्तिक २९। ज्ञानोदय बाल वाटिकाको आयोजनामा २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि बुङमतिको खोकनास्थित आफ्नै हातामा सुरु भएको छ ।
प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा त्रिज्योतिले आयोजक ज्ञानोदयलाई ४५–४१ ले पराजित गर्दै विजयी सुरुआत ग¥यो । त्रिज्योतिका निशान श्रेष्ठले २२ स्कोर गरे ।
गल्र्स बास्केटबलमा रिलायन्सले लिटिल एन्जल्स (एलए) लाई २२–८ ले हरायो । रिलायन्सकी निम छोडेन शेर्पाले १२ अंक जोडिन् ।
ब्वाइज फुटबलमा एलएले इनोभेटिभलाई ७–० गोलले पाखा लगायो । एलएका सुशांक गुरुङ र मुनाल थापाले समान २–२ तथा आदर्श विष्ट, बसन्त दुरा र आयुश बलामीले १–१ गोल गरे ।
प्रतियोगिताको केन्द्रीय प्याब्सनका सह–अध्यक्ष डिके ढुंगानाले एक कार्यक्रमबीच उद्घाटन गरे । छात्र फुटबलमा १२, बास्केटबलको छात्रमा १२ र छात्रामा १० तथा नेटबलमा ८ टिम सहभागी छन् । प्लस टु बास्केटबलको छात्रमा ९ तथा छात्रामा ८ टिमले भाग लिएका छन् । नेटबल पहिलो पटक राखिएको हो ।

तपाइँको प्रतिक्रिया ।