१९ औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिता हुने

१९ औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं, पुस १५ । ज्ञान निकेतन स्कुलको आयोजनामा १९ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिप माघ १२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जनाएका छन् । संयोजक कुँवरका अनुसार प्लस टु ब्वाइज, सिनियर ब्वाइज र जुनियर ब्वाइजमा खेल हुने छ । प्लस टु ब्वाइज र सिनियर ब्वाइजमा समान १६–१६ तथा जुनियर ब्वाइजमा ८ गरी जम्मा ४० टिमको सहभागिता रहने छ ।

प्लस टु र सिनियर ब्वाइज टिमलाई ४ समूह तथा जुनियर ब्वाइजलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

प्लस टु ब्वाइजमा टाइम्स इन्टरनेसनल कलेज डिफेन्डिङ च्याम्पियन हो । गत संस्करणको सिनियर ब्वाइज र जुनियर ब्वाइज दुवैमा आयोजक ज्ञान निकेतन पहिलो भएको थियो । माघ २० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ

तपाइँको प्रतिक्रिया ।