१६ औं एशिया प्रशान्त क्षेत्रीय स्वयंसेवक सम्मेलन बैंककमा सम्पन्न

१६ औं एशिया प्रशान्त क्षेत्रीय स्वयंसेवक सम्मेलन बैंककमा सम्पन्न

कपनअनलाइन

काठमाडौं,मंसिर ५। १६ औं एशिया प्रशान्त क्षेत्रीय स्वयंसेवक सम्मेलन यही नोभेम्बर ११–१५ २०१९ मा थाइल्यान्डको बैंककमा सफलतापुर्वक सम्पन्न भएको छ । सम्मेलनको उद्देश्य नागरिक समाज, सरकारी क्षेत्र, निगम, गैर सरकारी संस्था र शैक्षिक संस्थाहरुलाई एकै ठाउँ ल्याउनु रहेको थियो ।

यस बर्षको मुल नारा अनलकिगं द पावर अफ भोलेन्टियरिंग –रहेको थियो ।जसको तात्पर्य स्वयंसेवकको संस्कृति, क्षमता र सक्षम वातावरण सिर्जना गर्न सबै संभावनाहरुलाई एकै ठाउँमा ल्याउने र स्वयम्सेवाको माध्यमबाट अवसरहरुको पहुँचमा सुधार गर्ने रहेको थियो । सम्मेलनले केवल नेटवङ्कि कार्यलाई प्रोत्साहन गर्ने मात्र नभई स्वसंसेवाको शक्ति पत्ता लगाउन र सुदृढ पार्न पनि अवसर प्रदान गर्छ भन्ने कुरामा जोड दिएको थियो ।

यस कार्यक्रमको उद्घाटन आईएभिईका अन्तराष्टिय अध्यक्ष काईले बेट्स् र थाईल्याण्ड स्थित सामाजिक सुरक्षा तथा मानव सुरक्षा मन्त्री चुती क्रईरिसले गरेको थिए भने यस कार्यक्रमको समापन आईएभिईकाका कार्यकारी निर्देशक निकोल गरेका थिए । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका २८ देशका ४०० जना स्वयंसेवक सहभागी थिए ।

उक्त सम्मेलनमा नेपालको तर्फबाट कल्याणकारी स्वयंम्सेवक संघ नेपालले प्रतिनिधित्व गरेको थियो । संस्थाका अध्यक्ष अक्कल तामाङले नेपाली टोलीको नेतृत्व गरेका थिए । टोली नेता तामाङले नेपाली स्वयम्सेवकहरुले आर्थिक समृद्घीको लागि युवा स्वयम्सेवीको महत्वमा जोड दिदै विभिन्न छलफलमा भाग लिएको बताए ।

तपाइँको प्रतिक्रिया ।