कफी पारखीहरुका लागि बुढानिलकण्ठमा खुल्यो “द कफी क्लव”
कपन अनलाइन
काठमाण्डौ ,कात्तिक २४।
कफी पारखीहरुको लागि हब बन्दै गएको बुढानिलकण्ठ नगरपालिकामा पृथक सोच र योजना सहित संचालनमा आएको “द कफी क्लव” को औपचारिक शुभारम्भ भएको छ।
नेपाली रजतपटका महानायक राजेश हमालले बुढानिलकण्ठ नगरपालिका वडा नं ३ नया चोकमा रहेको सो कफी क्लवको उद्घाटन गरेका छन।
कफी संगै विभिन्न खाना तथा अन्य परिकारहरुको स्वाद लिन सकिने सो क्लवमा नविन र समाजलाई हित हुने विभिन्न रचनात्मक गतिविधिहरु समेत संचालन गर्ने तयारी गरिएको संचालक केशवराज पाठकले जानकारी दिएका छन।
उक्त क्लवलाई सार्वजनिक र जनसरोकारका विषयहरुका बारेमा छलफल गर्ने चौतारीका रुपमा विकास गर्नका लागि खुल्ला पोडकास्ट सहित नियमित साहित्यिक कार्यक्रमहरु पनि संचालन गर्ने बताउदै पाठकले क्लवमा पार्किङ्ग लगायत अन्य सुविधाहरु समेत रहेको जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।