कोरोना नियन्त्रणका लागि बुढानिलकण्ठ नगरपालिकालाई नेपाली कांग्रेस काठमाण्डौ-४ को सुझाव

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १६।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को टोलीले बुढानिलकण्ठ नगरपालिकामा कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि सुझाव दिएको छ ।

काठमाडाैँ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठकाे नेतृत्वमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललाइ भेट्न पुगेकाे टाेलीले आइसाेलेसन सेन्टर व्यवस्थापन, काेराेना खाेप सेन्टर बनाउन, आइसाेलसन सेन्टरलाइ अक्सिजनसहितकाे व्यवस्थित बनाउन तथा नगरपालिकाले व्यवस्थितस्वयंसेवक दस्त्र  बनाएर अगाड बढ्न सुझाव दिएकाे थियाे ।

नगरपालिका पुगेको टाेलीमा सभापति राजु श्रेष्ठ, प्रदेश सभा सदस्य  न्हुच्छेनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य  भीमसेन खत्री, नेका क्षेत्र नं ४ संगठन विभाग प्रमुख अच्युत पाैडेल, नेका क्षेत्रीय सहसचिव रिता बुढाथाेकी,  तरूण दल बुढानिलकण्ठ अध्यक्ष राजुविक्रम थापा, तरूण दल जिल्ला सदस्य मन श्रेष्ठ लगायत सहभागी रहेका थिए ।

तपाइँको प्रतिक्रिया ।