निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका मेलम्चीका एक जनाको शव फेला

निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका मेलम्चीका एक जनाको शव फेला

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १४।

मकवानपुरको हेटौँडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले जनाएको छ।उनी दिउँसोदेखि पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडी टोलीले सोमबार राति अबेर उनको शव फेला पारेको थियो।

तपाइँको प्रतिक्रिया ।