आईपीएलको सट्टेबाजी गराउने ११ जना काठमाडौंबाट पक्राउ

आईपीएलको सट्टेबाजी गराउने ११ जना काठमाडौंबाट पक्राउ

कपन अनलाइन

काठमाण्डौ,बैशाख १३।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को सट्टेबाजी गराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट ११ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताएका छन।

महाशाखाको टोलीले ठमेल र ज्याठा लगायतका पाँच ठाउँबाट आरोपीहरुलाई पक्राउ गरेको हो । उनीहरुले मोवाइल मार्फत ह्वाट्स एपको सहायताले सट्टेबाजी गराएर करोडौंका हार जित गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइँको प्रतिक्रिया ।