बुढानिलकण्ठका युवाहरुलाई नगरवासीहरुको सेवा गर्ने अवसर

बुढानिलकण्ठका युवाहरुलाई नगरवासीहरुको सेवा गर्ने अवसर

कपन अनलाइन

काठमाण्डौ,बैशाख १३।

बुढानिलकण्ठका युवाहरुलाई नगरवासीहरुको सेवा गर्ने अवसरको सदुपयोग गर्नका लागि आव्हान गरिएको छ। बुढानिलकण्ठ नगरपालिकामा युवा परिषद गठन पश्चात सबै वडामा युवा परिषद गठनका लागि १६ देखि २५ वर्ष उमेर समुहका युवाहरु संग आवेदन माग गरिएको छ।

युवाहरुका मुद्दा र सरोकारका विषयहरुमा सक्रिय रहेको रास्ट्रिय युवा परिषदको तल्लो संरचनाका रुपमा गठन हुने वडा युवा परिषदमा सक्रिय रहेर सेवा गर्न चाहाने युवाहरुले आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नका लागि नगरपालिकाले अनुरोध गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।