बुढानिलकण्ठ नगरपालिकामा २९ जना कोरोना संक्रमित थपिए

बुढानिलकण्ठ नगरपालिकामा २९ जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२।

बुढानिलकण्ठ नगरपालिकामा  २९  जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । संक्रमितहरुमा  १४  महिला र १५ जना पुरुष रहेको नगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

बैशाख ११ र १२ ( शनिवार र आईतबार) को वडागत विवरणः

वडा नं २ : ३ पुरुष र  १ महिला,

वडा नं ४: २  पुरुष र  २ महिला

वडा नं ५:२ पुरुष र १ महिला

वडा नं ६ :  २ महिला

वडा नं ०८ : १ पुरुष

वडा नं १० :  ५ महिला र  २ पुरुष

वडा नं ११:  २ जना पुरुष

वडा नं १२:  २ महिला र तिन  पुरुष

नगरपालिका जनस्वास्थ्य महाशाखाका  अनुसार हाल एक हफ्ता सम्म ४४ जना महिला र ४४ जना पुरषमा संक्रमण देखिएको  छ जसमा ८३ जना होम आईसोलेसनमा छन् भने  ३ जना पुरुष र १ जना महिला अस्पतालको आईसोलेसनमा रहेका छन ।

जोखिम बढे संगै  जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले  बुढानीलकण्ठमा  वृद्दा र बालबालिकालाई समेत संक्रमण देखीए संगै नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन  अपिल गरेका छन ।

तपाइँको प्रतिक्रिया ।