बैशाख १८ गतेसम्म माग पूरा नभए आन्दोलन गर्ने पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरुको चेतावनी
कपन अनलाइन
काठमाडौं, बैशाख १२ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चरणबद्व आन्दोलन घोषणा गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले खाईपाई आएको भत्ता र असार मसान्तसम्ममा सकिन लागेको समयसिमा थप गर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।
कार्यक्रममा प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष ई. अविनाश अमरले सरकारसमक्ष प्राविधिकहरुको सकिन लागेको दरवन्दीको समयसिमा थप गर्न जोडदार माग गरे । प्राविधिकलाई राज्यले दायित्वभन्दा पनि सम्पत्ति सोचेर व्यवस्थापन गर्नुपर्ने अमरको भनाई थियो । ‘प्राविधिकहरु खुशी भए सारा देश र जनताहरु खुशी हुन्छन् ।’ अध्यक्ष अमरले भने,‘सरकारले प्राविधिक चाहीदैन भनेर दरबन्दी कटौती गर्नु दुःखद् कुरा हो ।’
नेपाल इन्जिनियरिङ एशोसियशनका आगामी ३३ औ कार्यकारी समितिका महासचिव पदका प्रत्यासी महासचिव ई. डा. शंकर ढकालले ५ वर्ष बढि भन्दा कार्य अनुभव बटुलेका प्राविधिकहरुको सम्मान गर्नुपर्ने जोड दिए । प्राविधिकहरुलाई तिरस्कृत नगरेर उनीहरुले राखेका जायज माग पुरा गर्नुपर्ने उनको भनाई थियो ।
नेपाल इन्जिनियरिङ एशोसियशनका आगामी ३३आंै कार्यकारी समितिका अध्यक्ष पदका अर्का प्रत्यासी ई डा. दिलिप कुमार झाले इन्जिनियरिङ एशोसियशनले पनि प्राविधिकहरुलाई स्थान दिन नसकेको बताए । प्राविधिकहरुले उठाएको मागहरुमा सरोकारवाला तथा एशोसियन पनि प्रतिबद्व हुनुपर्नेमा जोड दिए । उनले चुनावी एजेण्डामा मात्र नभएर कार्यान्यन तिर लाग्नुपर्ने बताए ।
कार्यक्रममा एशोसियशनका महासचिव उम्मेद्धवारका प्रत्यासी ई. डा. कृष्णसिंह बस्नेतले २०७२ सालको महाविनाशकारी भुकम्प र त्यसपछिको पराकम्पले पुर्याएको क्षतिलाई मुर्त रुप दिन प्राविधिकहरु लागिपरेको भन्दै उनीहरुको माग यथाशक्य पुरा गर्नुपर्ने बताए ।
एशोसियशनका महासचिव उमेद्वारका प्रत्यासी ई. अमृतमणि रिमालले प्राविधिकहरुलाई सेवा प्रवेश गराइदाँदेखि नै उपलब्ध गराउने भनिएको अतिरिक्त सुविधा, दुर्गम क्षेत्र निर्धारण र प्रोत्साहनको लागि मापदण्ड बनाउने भनि दिएको आश्वासन पुरा गर्नुपर्ने बताए ।
इन्जिनियरिङ एशोसियशनका अध्यक्ष उमेद्वारका प्रत्यासीहरु ई. डा. हरिराम पराजुली, ई. डा.सुरज लामिछाने, ई. डा. हरिबहादुर दर्लामीलगायतले प्राविधिकहरुको जायज माग पुरा गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले घोषणा गरेको चरणबद्व आन्दोलनहरु बैैशाख १३ र १४ गते कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, बैशाख १५, १६ र १७ गते कार्यक्षेत्रमा उपस्थित् भई ‘पेन–डाउन’ गर्ने र १८ गते सम्पुर्ण प्राविधिकहरुले औपचारिक कार्यक्रममार्फत राजीनामा दिने रहेको छ । कार्यक्रमको सञ्चालन संघर्ष समितिका सदस्य गोविन्द कार्कीले गरेका थिए ।