स्व.चक्रबहादुर ठकुरीको छैटौं स्मृति दिवस मनाइयो
कपन अनलाइन
काठमाडौं, बैशाख १२ । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ३ का समाजसेवी एवं पुर्व सभासद स्वर्गीय चक्रबहादुर ठकुरीको छैटौं स्मृतिदिवस मनाइएको छ।कोरोना महामारीको कारण अन्य औपचारिक कार्यक्रम नगरिकन नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षत्रीय समितिले आज जोरपाटीमा आयोजित सो कार्यक्रममा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको थियो ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षत्रीय सभापति सन्तोष चालिसेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं जिल्ला कोषाध्यक्ष गोबिन्द बहादुर पुडासैनी, बागमती प्रदेश सभा सदस्य एबम सचेतक नेपाली कांग्रेस संसदीय दलका छिरिंग दोर्जे लामा, नेपाली कांग्रेस सूचना,संचार तथा प्रचार विभाग केन्दिय सदस्य एबम स्व. चक्रबहादुर ठकुरीका सुपुत्र बिमल ठकुरी ,महाधिबेसन प्रतिनिधि दिपक रिसाल, क्षेत्रका क्षेत्रीय पदाधिकारी एवं सदस्यहरु ,जिल्ला सदस्य ,इकाई सभापति एवं पदाधिकारी, नेपाली कांग्रेस क्रियाशिल सदस्यहरु सहित स्थानीयको उपस्थिति रहेको थियो।
संक्षिप्त रुपमा आयोजना गरिएको कार्यक्रम संचालन क्षत्रीय सचिब शान्ती नेपालले गरेकी थिइन ।राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा स्व. चक्र बहादुर ठकुरीको स्मृतिमा एक मिनेट मौन धारण गर्नुको साथै स्व. ठकुरीको तस्बिरमा माल्यार्पण र पुष्प गुच्छा अर्पण गरिएको थियो।नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ३ का समाजसेवी एवं पुर्व सभासद स्वर्गीय चक्रबहादुर ठकुरीको तस्बिरमा माल्यार्पण सहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रको सभापति समेत रहेका पूर्वसभासद् ठकुरीको रसुवाको धुन्चेबाट राजधानी फर्कने क्रममा वैशाख १२ गतेको भूकम्पका कारण खसेको ढुङ्गा लागी असामयीक निधन भएको थियो। ठकुरी २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौँ ३ बाट विजयी भएका थिए।
कार्यक्रममा स्व. चक्र बहादुर ठकुरीको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो।कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षत्रीय सभापति सन्तोष चालिसेले श्रद्धाञ्जली ब्यक्त गर्दै ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताए। ठकुरीले देखेको विकासका सपना पुरा गरेमात्र उनीप्रति सच्चा श्रद्धान्जली हुने भन्दै मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरी महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेस सूचना,संचार तथा प्रचार विभाग केन्दिय सदस्य एबम स्व. चक्रबहादुर ठकुरीका सुपुत्र बिमल ठकुरीले २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्प तथा लगातारको पराकम्पनमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्दान्जली ब्यक्त गरेका थिए । उनले सोहि भूकम्पमा परि चक्रबहादुर ठकुरीको निधन भएको पनि ६ वर्ष पुगिसकेको बताउदै स्व.ठकुरीले क्षेत्रको बिकासमा देखेको सपना पुरा गर्न सबै जना एक जुट हुनु पर्ने बताएका थिए ।