सोमवार बाट काठमाण्डौ उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १२।
काठमाण्डौ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।
भोलिबाटै उपत्यकाका जिल्ला प्रसासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बैशाख १३ गते सोमवार बाट बन्द हुनेछन।
तपाइँको प्रतिक्रिया ।