Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/पराजुली-गोपाल.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

पुर्व प्रधानन्याधिस गोपाल पराजुलीको सनसनीपुर्ण बायोग्राफी “संयोगका पानाहरु” प्रकाशित हुदै

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२।
“संयोगका पानाहरु”  नेपाली कानूनी/न्यायिक क्षेत्रका व्यक्तित्वहरू मध्येको एउटा नमूना बायोग्राफी हो  जसमा  न्यायालयका यथार्थहरूको चिरफार गरिएको  छ। २७ वर्षको न्यायालयभित्रको अनुभव र करिब १ वर्ष प्रधानन्यायाधीशको भूमिकामा रहनुभएका गोपाल पराजुलीको न्यायिक बर्हिगमन सहज हुन सकेन । उनि  प्रधानन्यायाधीशमा नियुक्ति हुँदादेखि नै उनि माथि विभिन्न आक्षेपहरु लगाइएका थिए।

विशेष गरी पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्रहरुमा प्रश्न उठइएको थियो भने उनको व्यक्तिगत र पारिवारिक विषयमा गम्भीर प्रश्न उठेका थिए । यसैको पृष्ठमूमि र आफूमाथि लागेका आरोपहरुका सम्बन्धमा पराजुलीका विचार र अनुभवहरुलाई सनसनीपूर्ण ढंगबाट यस कृतिमा प्रस्तुत गरिएको छ ।


उक्त कृतिको पहिलो हरफले नै पाठकहरुका मन छुने भावमा प्रस्तुत गरेको छ– जीवन पुस्तक हो र यसका प्रत्येक पृष्ठ कौतूहलले भरिएका हुन्छन् । न्यायालयमा रहेर कामगर्दा मैले जीवन पढेँ, जीवन देखेँ र जीवन भोगेँ । यसका अलवा उक्त कृतिमा समाविष्ट हरेक शीर्षक उपशीर्षकहरुले पुस्तकको ओजलाई उचाइमा पुर्याएका छन् । जस्तैः न्यायालय भत्काउने र बचाउनेहरू, सुनियोजित हल्ला,मिडियाका आवरणमा फस्टाएको व्यापार, सत्य छर्लग हुने छ, घेराबन्दीभित्रका अन्तिम दिनहरू, मेरो राजीनामा किन ? के हो विचाराधीन मुद्दा भनेको, सत्याग्रही कस्तो हुनुपर्छ ? सेलिब्रेटी  नबनौँ, असल पद्धति निर्माण गरौँ जस्ता अनेकौ विषयहरु जुन हालसम्मपर्दापछाडि नै रहेको थिए । लेखकको पहिलो कृति नयाँ धारबाट पाठकसमक्ष आएको छ।

कृतिले समेटेका विषयवस्तु धेरै भए पनि नेपाली समाज, नेपाली राजनीतिक वृत्त रनेपाली कानुनी तथा न्यायिक सेरोफेरोमा केन्द्रित रहेको छ । आम मानिसको जीवनबाट भोग्दै त्यहीबाट माथि उठेर नेपालको न्यायिक क्षेत्रको नेतृत्व गर्नेसम्मका अवस्थामा आएका जीवनका संघर्ष, भोगाइ र आरोह अवरोहको सन्तुलित प्रस्तुति यस आत्मजीवनीको उपलब्धि रहेको छ।

लेखकले भूमिकामै बजारमा बग्रेल्ती छरिएका आम आत्मजीवनीहरुले गुमाएको पाठकीय विश्वासलाई मनन गर्दै यस कृतिमा आफू सत्यको प्रकट गर्न निर्मम हुनुपरेको उद्धोष गरेका छन।

यस कृतिमा उनले न्यायिक वृत्तका गूढ रहस्य र विकृतिहरुलाई विनाहिचकिचाहट प्रस्तुत गरेको  देखिन्छ ।सत्य यदाकदा लुकेको हुन्छ, त्यसलाई प्रकट गर्न नदिने हल्लाहरुले कालान्तरमा राष्ट्र, समाज र नागरिकहरुलाई हानि पुयाउँछन् भनी पुस्तकको आवरणले नेपालको न्यायालय तथा राजनीतिक पटाङ्गिनीमा भएका परिघटनाहरुलाई उजागर गरेको छ।

२०७४ वैशाख २७ गते संसद्बाट तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाअभियोग प्रस्तावसहित निलम्बनको पत्र आएपछि त्यसै साँझ बाट  कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हालेका उनले  त्यसको २ दिनपछि “महाभियोग विरुद्ध  एउटा रिट आयो, दर्ता गरौँ कि के गरौ“ ?” भन्दै कायममुकायम रजिस्ट्रार उनका सामु उभिएपछि “संसारमा न्याय भन्ने विषयलाई कसैले पनि अवरुद्ध
पार्नुहुँदैन ।स्वस्थ छलफल हुनुपर्छ ।

मेरा विरुद्ध आएको भए पनि त्यसलाई दर्ता हुनैबाट रोक्न मिल्दैन” भनी उक्त रिट दर्ता गराएको प्रसंगभित्र आफ्नो न्यायिक उदारतालाई कुल्चेर अनेक दुश्चक्रमा फसाउने षड्यन्त्रका तानाबानाका लहराहरुलाई उनले  उधिन्ने कामा कृतिमा गरेका छन।न्यायालयमा सनसनी भएर उठेका विषयहरुलाई लेखकले निडरतापूर्वक पस्कन सकेका छन  । आफूलाई घेराबन्दीमा पारिका घटनारु र पात्रहरुको चुरो पनि उनले उठाएका छन। तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध महाअअभियोगको प्रस्ताव दर्ता भयो । एउटा संवैधानिक र सार्वभौम संसद्लाई महाअभियोगको प्रस्ताव दर्ता गर्ने अधिकार छ/छैन भन्ने विषय स्वस्थ ढङ्गबाट छलफल भएर सवैधानिक इजलासबाट निरुपण हुनु वाञ्छनीय थियो ।

तर यससँगै उनि विरुद्ध खेल्नेहरुको गठजोठ कसरी अघि बढ्यो भन्ने यथार्थको केही अंश यस्तो छ– २०७४ वैशाख २२ गते ‘हेर्दाहेर्दै’ राखेर २३ गते सुनुवाइ हुँदा उनको एकल इजलासबाट संविधान र कानुनकाकुनै दफा नहेरी अन्तरिम आदेश जारी भयो । त्यसबखत उनको त्यो आदेशलाई कान्तिपुर मिडियाबाहेक सबैले आलोचना गरेका थिए  ।
माथि संकेत गरिएका व्यक्ति अर्थात् वर्तमान प्रधान न्यायाधीशबाट उनको न्यायिक तथा सार्वजनिक जीवन समाप्त पार्न खोजिएको भन्ने सन्दर्भमा लेखकले धेरै प्रसंग र घटनाक्रमहरु केलाउनुभएको छ, जस्तै, चोलेन्द्रशमशेर मेरो निवासमा पांच  पटकसम्म आई के भनेका थिए भने “यो गोविन्द केसीले जथाभावी बोल्न थाल्यो, कान्तिपुरले पनि जथाभावी लेख्न थाल्यो, यस्ता क्रियाकलापका सम्बन्धमा अदालतबाट उचित निर्णय
नलिने हो भने अदालत चलाउन कठिन पर्छ, मेरो इजलासमा त्यो मुद्दा राखिदिनुभयो भने म फैसला गर्छु ।” मैले उनीसमेतलाई राखेर बेन्च तोकेँ। तर न्यायिक विचलनको शैलीमा आएको उनको आदेशमा प्रयुक्त शब्दावलीमा  म उपयुक्त समयको पर्खाइमा थिएँ ।

जो आज मिल्न गयो लामो समयदेखिको मेरो इरादा उहाले नै पुरा गरिदिनु भयो” बाट नै उनी मेरा विरुद्ध  षड्यन्त्रमा पहिलेदेखि नै सलग्न थिए भन्ने सहजै थाहा हुन्छ ।उनी पटक पटक मेरो निवासमा आएर कतै घुम्न जाऊ “, डुल्न जाऊ“, कतै रिफ्रेस हुन जाऊ“ पनि भन्थे । मेरो बेफुर्सदीले कतै घुम्न गइन “ । तर मेरा उपर गम्भीर षड्यन्त्र हुनसक्ने योजनाका बारेमा मैले पछि जानकारी पाए“ । नेपालको न्यायिक इतिहासको एउटा महत्वपूर्ण पाटोको साक्षी रहेको यो कृति पठनीय तथा संग्रहणीय छ ।

यो पुस्तक चाडै नै पैरवी प्रकासन बाट बजारमा आउदैछ जसले नेपालको अदालत र कानुनी क्षेत्रका धेरै पाटाहरुको उजागर गरेको छ।

तपाइँको प्रतिक्रिया ।